प्रदेश सरकारले किन काम गर्न सकेन ? संघसँग स्पीड मिलेन !
onlinekhabar.com · Tue Feb 16 18:05:50 UTC 2021
४ फागुन, पोखरा । गण्डकी प्रदेश सरकारले ३ वर्ष पूरा गरेको अवसरमा मंगलबार करिब ५५ पृष्ठ लामो उपलब्धिका सूची सार्वजनिक गर्यो । सडक, पुल, विजुली, खानेपानी, पर्यटन, कृषि, सामाजिक, कानुनका क्षेत्रमा भएका कामदेखि भेटघाट, छलफल, भ्रमण र अन्तरक्रियालाई पनि उपलब्धिमा समावेश गरेर पुस्तक नै सार्वजनिक गरिएको छ ।
सरकारले उपलब्धिका किताबै सार्वजनिक गरिरहँदा अधिकांश योजना भने कागजमै सीमित भएको प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले वार्षिकोत्सव समारोहमै बताए । सरकारले उपलब्धिका किताबै तयार पार्दा फिल्डमा भने काम नदेखिएको पोखरेलको आरोप थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)