आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
nepaltvonline.com · Fri Jan 12 00:20:42 GMT 2024
काठमाडौं- आज ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ । ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले विशेष कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाउँदै छ ।
१७७९ साल पुस २७ गते गोरखामा जन्मिनुभएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ । शाहले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गर्नुभएको थियो । यहि योगदानको कदर गर्दै पुस २७ लाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)