आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू
gorkhapatraonline.com · Thu Jun 11 05:38:20 GMT 2026

चन्द्रपुर (रौतहट), जेठ २८ गते । चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी टिप्न र बेच्न भ्याइनभ्याइ छ । करिब पाँच कठ्ठा आफ्नै जमिनमा व्यावसायिक रूपमा लगाइएको तरकारी बालीले थरुनीलाई व्यस्त बनाएको छ भने आर्थिक रूपमा पनि सबल बनाएको देखिन्छ ।
लौका, करेला, घिरौलालगायतका तरकारी अहिले उहाँको बारीमा लटरम्म छन् । दैनिक रु एक हजार ५०० देखि दुई हजारसम्मको तरकारी बिक्री गर्ने गरेको तरकारी कृषक थरुनी बताउनुहुन्छ । उहाँले आफ्ना ग्राहकलाई बारीबाटै तथा बाँकी रहेको तरकारी स्थानीय हाटबजारमा लगेर बिक्री गर्नुहुन्छ । दैनिक आम्दानी हुन थालेपछि थरुनीको आर्थिक अवस्थामा उल्लेखनीय सुधार आएको छ । आर्थिक सम्पन्नतासँगै महिला हिंसा तथा आफ्ना हकअधिकारबारे समेत सचेत र सक्षम भएको उहाँको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)