सरकार जोगाउनु नै उपलब्धि
onlinekhabar.com · Wed Oct 20 16:47:32 GMT 2021
३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सय दिन पूरा गरेको बुधबार मन्त्रिपरिषदको बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दावी गरे, ‘सरकारको सय दिनले जनतामा आशा र विश्वास जागेको छ । मुलुकलाई समृद्ध गराउने जनताको जुन अभिलासा छ, त्यो पूरा गर्ने कुरामा सरकार दृढताका साथ अगाडि बढेको छ ।’
तर, तथ्य भने कार्कीको दावी जस्तो आशातीत छैन । बरू सरकारले सय दिन पूरा गरिसक्दा मन्त्रिपरिषदले समेत पूर्णता पाउन सकेको छैन । चार पटक मन्त्रिपरिषद् विस्तार गरिसकेका प्रधानमन्त्री देउवा आफैंले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । सरकार बनेको ८८ दिनपछि २२ असोजमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
गृहमन्त्री बालकृष्ण खाँण
केपी शर्मा ओली