शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक
nayapatrikadaily.com · Wed Apr 12 00:12:00 GMT 2023
जनकपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रादेशिक कार्यालयमा पुर्याइएका विद्यालय तहका पाठ्यपुस्तक । मधेस प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, सिराहा र सप्तरी, कोसी प्रदेशका उदयपुर, ओखलढुंगा र खोटाङ तथा बागमतीको सिन्धुली गरी नौ जिल्लाका सरकारी विद्यालयमा यहाँबाट पाठ्पुस्तक पठाइन्छ ।
आगामी शैक्षिक सत्रका लागि ती जिल्लाका विद्यालयलाई आवश्यक पुस्तकको ८०% आइसकेको जनक शिक्षा प्रादेशिक कार्यालय जनकपुरका प्रमुख रुद्र खनालले बताए । बाँकी २०% पुस्तक पनि तयारी अवस्थामा रहेको, तर गोदामको अभावले तत्काल ल्याउन नसकिएको उनको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)