उदयपुरका ६२ कैदीबन्दीले मतदान गर्न पाउने
lokpath.com · Sat Nov 19 15:20:04 GMT 2022
उदयपुर । जिल्ला कारागार शाखामा कैदीबन्दी जीवन बिताइरहेका २ सय ३० जना मध्ये मतदाता नामावलीमा नाम रहेका ६२ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन । भोली आइतबार मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा कैदी बन्दीहरुले पनि मतदान गर्न पाउने ब्यवस्था गरेका छन् ।
जिल्ला कारागार उदयपुरमा सजाय भुक्तानरत कैदीबन्दी मध्ये ६२ जनाले मतदान गर्न पाउने भएको हो । कारागार प्रमुख (जेलर) डिगमबहादुर कार्कीले मतदाता नामावलीमा नाम दर्ता रहेका कैदीबन्दीलाई मताधिकार दिइएको बताए । उनका अनुसार कैदीबन्दीलाई समानुपातिकतर्फ मात्र मताधिकार हुनेछ भने प्रत्यक्ष तर्फ मतदानको अधिकार हुने छैन । कैदी बन्दीलाई मतदान गर्नका लागि कारागार परिसरमै मतदान केन्द्र निर्माण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)