पत्रकार महासंघ काभ्रेको अध्यक्षमा तिमल्सिना निर्वाचित
ratopati.com
काठमाडौं । नेपाल पत्रकार महासंघ काभ्रेको अध्यक्षमा प्रेस युनियनका बद्रीप्रसाद तिमल्सिना निर्वाचित भएका छन् भने सचिवमा युनियनकै कपिल कोइराला निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा विनोदकुमार न्यौपाने निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा सुनिता सापकोटा निर्वाचित भएकी छन् भने समावेशी सहसचिवको मत बराबर झरेको छ ।
समावेशी सहसचिवका जगतमान बल र रोजन तामाङले ५९–५९ मत प्राप्त गरेका छन् । त्यस्तै सहसचिव खुल्लामा सरोज अधिकारी निर्वाचित भएका छन् । काभ्रे शाखामा अध्यक्ष सचिवमा युनियनले जित हासिल गरेपनि बहुमत सदस्य प्रेस चौतारीबाट निर्वाचित भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)