मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकार, दल र जेनजी पहिलाे पटक एकै ठाउँमा, `चुनाव र भ्रष्टाचारविरुद्धको कारबाही सँगै अगाडि बढ्नुपर्छ´

barnanmedia.com · Wed Oct 29 21:40:54 GMT 2025

राजनीतिक दल, जेनजी प्रतिनिधि र सरकार एक ठाउँमा उभिएका छन्। आगामी २१ फागुनमा तय भएको मध्यावधि चुनावबारे अनेकन अडकलबाजी भइरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले बुधबार बोलाएको राजनीतिक दल र जेन–जीका प्रतिनिधिबीचको छलफलमा चुनाव र सुशासनका विषयमा छलफल भएको हो। गत २३ र २४ भदौमा भएको जेनजी विद्रोहपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्नुका साथै मुख्य राजनीतिक दलका नेताहरु औपचारिक समारोहमा आउने अवस्था पनि नबनिरहेका बेला सरकारले दुईवटै पक्षलाई एउटै मञ्चमा राखेर छलफल गरेको हो। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको ३ असोजको छलफलमा राजनीतिक दल र जेनजीका प्रतिनिधिबीच छलफल भएको थियो। तर,सरकारले दुई पक्षलाई छलफल गराएको थिएन।

जेनजीहरूले विशेषत भ्रष्टाचारका मुद्दा अगाडि बढाउनु पर्ने र सुशासनको प्रत्याभूति दिलाउनुपर्ने बटमलाइन बनाएको र राजनीतिक दलहरुले चुनावका लागि वातावरण नरहेको भनेर पन्छिरहेका बेला भएको छलफलले सकारात्मक सन्देश दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)