जेनजीसँग आदिबासी अगुवा : साझा मुद्दामा सहकार्यको ऐक्यबद्धता
gorkhapatraonline.com · Tue Nov 18 17:20:42 GMT 2025

आदिबासी जनजातिका अगुवाले जेनजीसँग साझा मुद्दामा सहकार्यका लागि ऐक्यबद्धता व्यक्त गरेका छन् । आदिवासी जनजाति आयोगले मङ्गलबार ललितपुरमा आयोजना गरेको ‘जेनजी आन्दोलन र आदिवासी जनजातिको सरोकारबारे जेनजी र आदिबासी जनजाति प्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रम’ मा सरोकारवालाले सो ऐक्यबद्धता जनाएका हुन् ।
आयोगका अध्यक्ष रामबहादुर थापा मगरले जेनजी आन्दोलनले आदिबासी जनजातिका सरोकारका मुद्दाहरु अझै व्यवस्थित र परिमार्जित गर्न सक्नुपर्ने धारणा राख्नुभयो । अध्यक्ष थापाले भन्नुभयो, “आदिबासी जनजातिको अन्य सरोकारका मुद्दाहरु सांस्कृतिक तथा भाषिक समानता, देशमा स्थायी सरकारको आवश्यकता, समुदायको सक्षम र सार्थक प्रतिनिधित्व, सुशासन र पारदर्शिता, भ्रष्टाचारको निर्मुलता लगायतका छन् । मूलतः यी विषयमा जेनजी पुस्ताको परिवर्तनकारी आन्दोलनले अझै व्यवस्थित र परिमार्जित गरोस् भन्ने अनुरोध गर्दछु ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)