युनाइेटडको जितमा रोनाल्डो नायक, भने: एक गोल गर्छु भन्ने थियो, दुई गोल गरेँ
pahilopost.com · Sun Sep 12 00:27:51 GMT 2021
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले न्यु क्यासलमाथि सानदार जित निकाल्यो। ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा घरेलु टोली युनाइटेडले न्यु क्यासलमाथि ४-१ गोलअन्तरको सहज जित निकालेको हो।
पहिलो हाफको इन्ज्युरी समयमा युनाइटेडबाट १२ वर्षपछि खेलेका क्रिस्टियानो रोनाल्डोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर ५६ औं मिनेटमा न्युक्यासलका जेभियर मानक्विइलोले गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको ६२ औं मिनेटमा लुक शा को पासमा गोल गर्दै रोनाल्डोले फेरि खेलमा युनाइटेडलाई अग्रता दिलाए। त्यस्तै ८० औं मिनेटमा ब्रुनो फर्नान्डेज र इन्ज्युरी समयमा जेसे लिंगार्डले गोल गर्दा युनाइटेडले ४-१ ले खेल आफ्नो पक्षमा पार्यो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)