यस वर्ष बाढीपहिरोबाट १८ लाख जनसंख्या प्रभावित हुने अनुमान
nayapatrikadaily.com · Tue Jun 15 23:55:00 GMT 2021
राष्ट्रिय विपत् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष १८ लाख जनसंख्या बाढीपहिरोको चपेटामा पर्ने आकलन गरेको छ । २८ जेठबाट भित्रिएको मनसुन सुरुवाती चरणमै सक्रिय बन्दा देशका डेढ दर्जन जिल्लामा बाढीपहिरो गएको छ । यस वर्ष बाढीबाट १७ लाख र पहिरोबाट एक लाख १७ हजार जनसंख्या प्रभावित हुने अनुमान छ । पहिरोमा २४ हजार ६ सय ७८ घरपरिवार प्रभावित हुने आकलन प्राधिकरणले गरेको छ ।
‘नेपाल मनसुनजन्य विपत्बाट अति प्रभावित देश हो, बर्खायाममा बाढीपहिरोका घटना बढी हुने गर्छन्,’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘यो वर्ष बाढीपहिरोका घटना अझ धेरै हुन सक्ने भएकाले सतर्कता अपनाएका छौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)