मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

rajdhanidaily.com · Thu Jun 11 05:52:57 GMT 2026

नवलपरासी । पश्चिम नवलपरासीका किसानले धान रोपाइँ सुरु गरेका छन् । गण्डक नहरमा पानी उपलब्ध भएपछि नवलपरासीका रामग्राम नगरपालिका सहित सरावल र पाल्हीनन्दन गाउँपालिकाका किसान यतिखेर खेतमा धान रोप्न व्यस्त भएका हुन् ।

‘नहरमा पानी आएपछि धानखेती गर्न रासायनिक मल अभाव भए पनि कुरेर बस्न सकिएन, धान रोप्न थाल्यौँ,’ पाल्हीनन्दन –४ पाल्हीमा खेत रोपाइँ गरिरहेका किसान रामसिंह कुर्मीले भने, ‘कतिपय किसानको बीउ छोटो भए पनि नहरमा पानी आएपछि रोपाइँ सुरु गरेका छन् । नहरको पानीका भरमा रोपाइँ गर्नुपर्ने अवस्थाका कारण यस वर्ष नहरको पानी समयमा नै आएकाले रोपाइँ गर्न थालेका हौँ । खेतमा हाल्ने मल छैन, काम गर्ने जनशक्ति पनि छैनन्, यस्तो अवस्थामा पनि धान रोप्नै पर्यो, गत वर्ष पनि मल पर्याप्त नपाएर धान उत्पादन घट्छकी किसानहरुलाई चिन्ता लागेको थियो । यस वर्ष पनि त्यस्तै छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)