मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इभी गाडी आयात सम्बन्धमा संसदीय छानबिन समिति चाहिन्छ : राप्रपा

ratopati.com · Thu Jun 11 05:53:26 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इभी गाडी आयात सम्बन्धमा संसदीय छानबिन समिति आवश्यक रहेको बताएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले आयातमा केही शङ्का देखिएकाले संसदीय छानबिन समिति आवश्यक रहेको बताए ।

आफूहरूले त्यो छानबिन समिति अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई काम गर्न नदिन नभई स्पष्ट हुनका लागि आवश्यक रहेको बताए ।

उनले जेठ १ देखि १४ गतेसम्म ३ हजार सवारी साधन आयात भएको तथा कर जेठ १४ गते पास भएर २१ गते गाडी आउनुले शङ्का देखिएको उनको भनाए छ । ‘१४ गते कर पास भएर २१ गते नाकाबाट गाडी भित्रनुलाई करका दल हेरफेर नभनेर के भन्ने,’ शाहीले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय