सामुदायिक विद्युत सेवा संकटमा
gorkhapatraonline.com · Thu Jun 11 05:50:28 GMT 2026

पर्वतका ग्रामीण बस्तीमा विद्युत् पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालनमा रहेका सामुदायिक विद्युत् सेवा पछिल्लो समय विभिन्न चुनौतीका कारण संकटमा परेका छन् । सञ्चालन खर्च वृद्धि, प्राविधिक जनशक्तिको अभाव, विद्युत् चुहावट तथा उपभोक्ताको असन्तुष्टिका कारण सामुदायिक विद्युत् संस्थाहरूको अवस्था जटिल बन्दै गएको हो ।
बाच्छा सामुदायिक विद्युत् उपभोक्ता समितिका सचिव डम्मर कार्कीका अनुसार समितिले करिब ७ लाख रुपैयाँ नोक्सानी व्यहोर्नु परेको छ । मिटर रिडिङ र लाइन मर्मत गर्ने दुई जना कर्मचारीलाई तलब दिनसमेत नसकिएको उहाँले बताउनुभयो । विहादी गाउँपालिका–१, बाच्छाका अध्यक्ष चित्रबहादुर गुरुङका अनुसार समितिलाई नेपाल विद्युत् प्राधिकरणमा हस्तान्तरण गर्न खोजिए पनि सम्भव भएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)