बालुवाटारमा सुशीला कार्कीले भनिन्- प्रधानमन्त्री बन्न मन थिएन, तर जेनजी युवाहरू धरधरी रोए
barnanmedia.com · Wed Oct 29 22:49:35 GMT 2025

प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री बन्ने इच्छा नभए पनि देशको अप्ठ्यारो परिस्थिति र जेनजी युवाहरूको भावनाले आफूलाई प्रधानमन्त्री पदको जिम्मेवारी लिन बाध्य बनाएको बताइन्।
बुधबार बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजीबिचको त्रिपक्षीय बैठकको समापन गर्दै उनले भनिन्, ‘म यहाँ रहरले आएकी होइन। म राजनीतिक नेतासँग डिल गर्न सक्दिनँ भनेकी थिएँ। तर जेनजीका युवाहरू मेरो घरमा आएर अभिभावकत्व लिइदिन आग्रह गर्नुभयो, र उहाँहरू धरधरी रुनुभयो।’ उनले आन्दोलनका शहीद र घाइते युवाको सम्झना गर्दै जिम्मेवारी स्वीकार गरेकी बताइन् । बैठकमा उनले भनिन्, ‘मैले ती निर्दोष बालबालिकाको निधारमा गोली लागेर ढलेको तस्बिर सम्झिएँ। ती घाइतेहरूको अनुहारले मलाई केही गर्नै पर्छ भन्ने लाग्यो र एउटा अठोटसाथ अगाडि आएँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)