नेपाली सेनाले बख्तरबन्द गाडीबाट रोड ड्राइभिङ अभ्यास गर्ने
lokaantar.com · Tue Aug 24 17:02:20 GMT 2021
नेपाली सेनाले बख्तरबन्द गाडीबाट रोड ड्राइभिङ अभ्यास गर्ने भएको छ । सेनाको मेकानाईज्ड युनिटहरुबाट बख्तरबन्द गाडीहरूमा सकल दर्जाहरुको ड्राइभिङ क्षमता अभिवृद्धि गर्न तथा उक्त गाडीहरूको Operational Readiness लाई कायम राख्न प्रशासन र प्रहरीसँगको समन्वयमा आवश्यकता अनुसार अभ्यास सञ्चालन गर्न लागिएको जनाइएको छ ।
जसअनुसार सितापाईलामा तैनाथ गण तथा इटहरी, महोत्तरी, मकवानपुर, तनहुँ, बुटवल, नेपालगन्ज र धनगढीमा तैनाथ गुल्महरूले विभिन्न मितिहरुमा उक्त अभ्यास सञ्चालन गर्ने सेनाको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)