मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भुटानी युथ विजयी

ekantipur.com · Fri Jan 13 01:18:32 GMT 2023

मकवानपुर — भुटनिज युथ स्पोर्ट्स क्लब अमेरिका मकवानपुरमा भइरहेको पाँचौं वाग्मती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भुटनिजले हिमालयन शेर्पा क्लबलाई २–० गोलले हरायो । फाइनल पुग्नका लागि टोलीले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । वाग्मती गाउँपालिका–८ स्थित जनता माविको मैदानमा बिहीबार दुवै हाफमा एक/एक गोल भयो । दोस्रो मिनेटमा प्रवीण बस्नेत र ८३ औं मिनेटमा हेक्टर ओर्टेडाले गोल गरेका थिए । दुवै गोल हेडमा सम्भव भएको हो ।

सुरुदेखि विदेशी टोलीले हिमालयनलाई दबाबमा राखेको थियो । अग्लो कदको फाइदा उठाउँदै भुटानी टिमले ‘एयर बल’ खेलेको थियो । दोस्रो मिनेटमा गोल खाएपछि हिमालयन शेर्पा पूर्ण रूपमा दबाबमा आयो । करिब मध्यभागमा प्राप्त फ्रिकिकमा उक्त गोल सम्भव भएको हो । हेक्टरले हानेको फ्रिकिकमा प्रवीणले गोल गर्दै अग्रता दिलाए । खेलभर हिमालयनका गोलरक्षक दीप कार्की व्यस्त रहे । उनले आधा दर्जनभन्दा बढी सुन्दर प्रहार बचाएका थिए । खेलको ८३ औं मिनेटमा प्राप्त फ्रिकिकमा हेडमार्फत् हेक्टरले टोलीका लागि दोस्रो गोल गरेका थिए । अग्लो कदका उनले गरेको हेडिङमा गोलरक्षक दीपले बचाउ गर्ने कुनै मौका पाएनन् । उक्त फ्रिकिक प्रहार विशाल मगरले गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)