मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

साफ च्याम्पियनसिप फाइनल आज : भारतसँग कुवेती दाउ

ekantipur.com · Tue Jul 04 00:45:04 GMT 2023

काठमाडौँ — कीर्तिमान आठपल्टको साफ च्याम्पियनसिप फुटबल विजेता भारतले थप एक अर्को उपाधिका लागि मंगलबार फाइनलमा भिड्दै छ । तर, सन् २०२३ को प्रतिद्वन्द्वी भने फरक रहेको छ । यो हो आमन्त्रित टिम कुवेत ।

भारतीय मिडियाकै भनाइ मान्ने हो भने दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको यसपल्टको संस्करण सर्वाधिक प्रतिस्पर्धात्मक मात्र होइन, माथिल्लो स्तरको छ । सेमिफाइनलमा भारतले अर्को आमन्त्रित टिम लेबनानलाई टाइब्रेकरमा ४–२ ले हराएको थियो । कुवेतले भने बंगलादेशलाई अतिरिक्त समयको खेलपछि १–० ले पराजित गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)