मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

श्रीलंकाविरुद्धको एकदिवसीय श्रृङलाको दोस्रो खेलमा भारत ३२ रनले पराजित

barnanmedia.com · Sun Aug 04 21:49:18 UTC 2024

श्रीलंकाविरुद्धको एकदिवसीय श्रृङलाको दोस्रो खेलमा भारत पराजित भएको छ । आइतबार कोलम्बोस्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा भएको खेलमा भारत ३२ रनले पराजित भएको हो ।

जितका लागि २४१ रनको लक्ष्य पछ्याएको भारत ४२.२ ओभरमा अलआउट हुँदै मात्र २०८ रन बनायो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ६४ रन बनाए । त्यस्तै अक्षर पटेलले ४४, शुभमन गिलले ३५ रनको योगदान दिए । अन्य खेलाडीको ब्याटिङ उल्लेखनीय रहेन् । श्रीलंकका लागि जेफ्री वान्डरसेले ३३ रन खर्चिएर सर्वाधिक ६ विकेट हात पारे । चरित असालान्काले ३ विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)