हलामो समयको ब्रेकपछि चलचित्रमा कमब्याक गर्दै राजेश हमाल
barnanmedia.com · Sun Aug 04 21:53:54 UTC 2024

लामो समयपछि महानायक राजेश हमाल फिचर फिल्ममा देखिने भएका छन् । लामो समयको ब्रेकपछि अन्ततः राजेश फिचर फिल्ममा अभिनय गर्ने निर्णयमा पुगेका हुन् ।
निर्देशक दिवाकर भट्टराईको निर्देशनमा राजेश चलचित्रमा फर्किने भएका हुन् । अनटाइटल प्रोजेक्टमा राजेश अनुबन्ध भएका छन् । आइतबार राजेश हमालले निर्माणपक्षसँग कागजी सम्झौता पनि गरेका छन् ।राजेश र दिवाकरबीच भएको कागजी सम्झौताको तस्बिर सार्वजनिक भएको छ । अनटाइटल प्रोजेक्ट एक्सन ड्रामा हुने बताइएको छ । लामो समयपछि चलचित्रमा राजेश फर्किन लागेकाले यो सिनेमा विशेष हुने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)