नेपाल विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा निर्वाचित
ajakoartha.com · Mon May 18 10:27:00 GMT 2026

काठमाडौं- नेपाल विश्व स्वास्थ्य सङ्गठनको ७९औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा निर्वाचित भएको छ । स्विट्जरल्यान्डको जेनेभामा भइरहेको महासभाको उपाध्यक्षमा नेपाल सर्वसम्मत रूपमा निर्वाचित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।
उनका अनुसार जेनेभास्थित पाले डे नेसन्समा आज आयोजित महासभाको उद्घाटन सत्रमा यो ऐतिहासिक निर्वाचन भएको हो । महासभाको सोही सत्रमा आजै नेपालका तर्फबाट स्वास्थ्यमन्त्री निशा मेहताले सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)