मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बिपी अस्पताल सुधार गर्ने प्रतिबद्धता

gorkhapatraonline.com · Thu Jun 11 06:01:01 GMT 2026

नारायणगढ (चितवन), जेठ २८ गते । सेवाग्राहीले असन्तुष्टि जनाएपछि भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल प्रशासनले सुधारात्मक कदम चाल्ने प्रतिबद्धता जनाएको छ ।

मङ्गलबार सेवाग्राहीले अस्पताल प्रशासनसँग छलफल गर्दै बिरामीमैत्री सेवा प्रवाहमा ढिलाइ, कर्मचारीको व्यवहार तथा स्वास्थ्य बिमा र विपन्न नागरिक लक्षित सेवामा सहजता नभएको गुनासो गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)