मधेश प्रदेशमा पहिलो पटक एकसाथ १९ वटा खेलको प्रदेश स्तरीय प्रतियोगिता प्रारम्भ
kalakarmi.com · Mon May 18 10:27:40 GMT 2026

जनकपुर- मधेश प्रदेशमा पहिलो पटक एकसाथ १९ वटा खेलको प्रदेशस्तरीय खेलकुद प्रतियोगिता प्रारम्भ भएको छ । मेधश प्रदेश सरकार अन्तर्गतको मधेश खेलकुद परिषद्, जनकपुरद्वारा आयोजित उक्त प्रतियोगिताको खेलहरु आज सोमवारबाट मधेश प्रदेशका प्रत्येक जिल्लामा प्रारम्भभएको छ ।
प्रतियोगितको उद्घाटन गर्दै मधेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी प्रसाद कानुले प्रदेशभर खेलकुदको विकास, खेलाडीहरुको क्षमता अभिवृद्धि तथा राष्ट्रिय स्तरका प्रतियोगिताका लागि खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ यस प्रतियोगिताको आयोजना गरेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)