मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सञ्चालन नहुँदा राजविराज बसपार्क खेलमैदानमा परिणत

gorkhapatraonline.com · Thu Jun 11 06:06:55 GMT 2026

जिल्लाको राजविराजस्थित बसपार्क उद्घाटन भएको एक वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसकेपछि खेलकुद मैदानमा परिणत भएको छ । लामो समयदेखि बसपार्क सञ्चालनमा नआएपछि बालबालिका तथा युवाका लागि खेल मैदान र सर्वसाधारणका लागि घुमफिर गर्ने स्थल बनेको स्थानीयवासीले बताएका छन् ।

स्थानीय ममता यादवले भन्नुभयो, “बसपार्कमा बससहित सवारीसाधनको आवतजावत कहिले सुरु हुन्छ भन्ने पर्खाइमा छौँ । उद्घाटन भएको एक वर्ष बितिसक्दा पनि बसपार्क सञ्चालनमा आएको छैन । कहिले सवारीसाधनहरू यहाँबाट ओहोरदोहोर गर्छन् भन्ने विषयमा हामी अझै अन्योलमा छौँ ।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)