मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपालको भोकमरी सूचकाङ्कमा सुधार

gorkhapatraonline.com · Sat Nov 25 06:15:27 GMT 2023

जिएचआईले १२५ राष्ट्रमा गरेको अध्ययनमा नेपाल ६९ औँ स्थानमा रहेको छ । अङ्कका आधारमा नेपालले १५ अङ्क प्राप्त गरेको छ । अघिल्लो वर्ष नेपालको अवस्था ८१ औँ नम्बरमा रहेको थियो । सार्क राष्ट्रमा भने नेपाल दोस्रो स्थानमा छ ।

यस अध्ययनमा बालबालिकामा हुने कुषोषण, पुड्कोपन, ख्याउटेपन र बाल मृत्युदरलाई भोकमरीको सूचक मानिएको थियो । नेपालमा १५ प्रतिशत जनसङ्ख्याले मात्रै पेटभर खान नपाउने अवस्था रहेको अध्ययनले देखाएको छ । शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा विश्वका १२५ राष्ट्र समेटिएका छन्, जसको पहिलो स्थानमा बेलारुस छ । यसले बेलारुस विश्वकै कम भोकमरीयुक्त देश रहेको जनाउँछ । सबैभन्दा अन्तिम स्थानमा भने मध्य अफ्रिका गणतन्त्र परेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)