जुम्लामा विस्फोटक पदार्थबाट जोगिने उपाय सिकाउँदै सेना
ekantipur.com · Wed Nov 02 16:42:15 GMT 2022
जुम्ला — यही कात्तिक १२ गते कालिकोटको तिलागुफा नगरपालिका १० मा बम विस्फोटबाट दुई जना बालिकाले ज्यान गुमाएसँगै जुम्लामा उच्च सतर्कता अपनाउन थालिएको छ । नेपाली सेनाको नन्दबक्स गणले उपसेनानी सन्तोष केसी नेतृत्वको टोली खटाएर विद्यालय, ग्रामीण बस्तीदेखि सार्वजनिक सरोकार राख्ने निकायसम्म पुगेर बमबाट जोगिने उपायबारे कक्ष सञ्चालन गर्न थालेको हो ।
पहिलो चरणमा जिल्लाको गुठीचौर गाउॅपालिकामा युवायुवती, सर्वसाधारण नागरिक, बालबालिकादेखि तिनका अभिभावकलाई भेला गराएर बमबाट बच्न अपनाउनुपर्ने उपायबारे सहजीकरण गरेको थियो । नन्दाबक्स गणका गणपति रविन थापाले जुम्लामा बमलगायत शंकास्पद बस्तुदेखि बच्न सबैले होसियारी अपनाउनुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)