बढ्दै डेंगी संक्रमण
ekantipur.com · Sun Aug 04 23:12:30 UTC 2024

काठमाडौँ — राजधानी काठमाडौंलगायतका मुलुकका विभिन्न भागमा डेंगीको संक्रमण बढेको छ । साउन १४ सोमबार काभ्रेपलाञ्चोकमा एकै दिन १२ जनामा डेंगी संक्रमण पुष्टि भयो । केही दिनअघि काठमाडौं र कास्कीमा चार दिनमै १७/१७ जना र तनहुँमा २० जनामा संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को साउन १४ सम्मको तथ्यांकअनुसार मुस्ताङ, हुम्ला, जुम्ला, डोल्पामा बाहेक ७३ जिल्लामा डेंगीबाट दुई हजार ६१ जना संक्रमित बनिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)