मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दह्रोसँग खुट्टा टेक्न टोलटोलमा कोदोको झोल

Ujyaaloonline.com · Sun Aug 04 23:09:30 UTC 2024

अर्थतन्त्र तहसनहस भएर देशले दह्रोसँग खुट्टा टेक्न नसकेको बेला सरकारले समृद्धिको नयाँ उपाय फेला पारेको छ । त्यो हो, राष्ट्रिय भोज र सरकारी कार्यक्रममा कोदोको झोल अनिवार्य । भोजभतेरमा पानीको झोल, दालको झोल, तरकारीको झोल, मासुको झोल, दहीको झोल, अचारको झोल, कोकफेन्टाको झोल र कहिलेकाहीँ विदेशी रक्सीको झोल त चाख्न पाएकै हो । अरू झोलमा भन्दा मासु र रक्सीको झोल भएको ठाउँमा भीडभाड बढी हुन्छ । अब भोजमा कोदोको झोल मिसिएपछि भीड झन् थपिन्छ । कोदोको झोलमा भीड बढेपछि मान्छेले खुट्टो टेक्न छाड्छ, तर देशले चाहिँ दह्रोसँग खुट्टा टेक्छ । कसरी भन्नुहोला ? ल हेर्नुहोस् यसरी :

लुकिछिपी कोदोको झोल चाख्नेहरूले अब खुलमखुला छाती फुकाएर र घाँटी तन्काएर कोदोको झोल पिउन पाउँछन् । अहिलेसम्म नपिएकाहरूलाई पनि तलतल लाग्छ । त्यसमाथि भोजभतेरमा सित्तैमा पिउन पाउने भएपछि सबैको जिब्रो रसाइहाल्छ । रसाएको जिब्रोले झोल चाख्छ । मुखमा झोल पर्नेबित्तिकै मान्छे लट्ठ हुन्छ । रक्सीले लट्ठ भएको मान्छेले आफ्नो पीर, व्यथा, दुःख, कष्ट, चिन्ता, तनाव सबै बिर्सन्छ । गरिबी र अभाव भुलेर मस्त हुन्छ । दुःख, पीर, अभाव बिर्सेर मान्छे मस्त हुनु भनेको सुखी हुनु हो । अहिलेसम्म थोरै मान्छे मात्र रक्सी पिएर सुखी भएका थिए । अब सरकारी भोजमा कोदोको झोल अनिवार्य भएपछि रक्सी पिउने मान्छेहरू बढ्छन् । अर्थात् सुखीहरूको सङ्ख्या थपिन्छ । सुखी मान्छे बढ्नु भनेको सुखी नेपाली र समृद्ध नेपालको सपना साकार हुनु हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)