कृषि एम्बुलेन्स सञ्चालन गर्न दुई करोड ७० लाख सहयोग
ratopati.com · Tue Nov 18 17:38:00 GMT 2025

काठमाडौँ । सरकारले कृषि उपजको बिक्रीका लागि बजारसम्म सहज पहुँच पुर्याउने उद्देश्यले कृषि एम्बुलेन्समा लगानी बिस्तार गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि एम्बुलेन्स सञ्चालन गर्न केही पालिकामा रु दुई करोड ७० लाख सहयोग गरेको हो । देशका विभिन्न १८ पालिकामा प्रतिपालिका रु १५ लाखका दरले रकम पठाइएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । सङ्घीय सरकार र गाउँपालिकाको लागत साझेदारीमा किसानले उत्पादन गरेका कृषि उपज ढुवानीका लागि एम्बुलेन्स सञ्चालन गरिने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)