मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गण्डकीमा कांग्रेस-एमाले रसायन अझै मिलेन

ekantipur.com · Sun Aug 04 23:21:30 UTC 2024

विराटनगर, पोखरा, धनगढी र वीरेन्द्रनगर — कांग्रेस र एमालेको केन्द्रमा सत्ता सहकार्य सुरु भएयता सबै प्रदेशमा मुख्यमन्त्री हेरफेर तत्काललाई पूरा भएको छ । दुई ठूला दलको सहमतिबमोजिम अन्तिममा आइतबार सुदूरपश्चिममा कांग्रेसका तर्फबाट कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् । पहिलेकै मुख्यमन्त्री यथावत् राखिएका कोशी र गण्डकी प्रदेशमा भने मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

कोशीमा आन्तरिक विवादका कारण कांग्रेसले मन्त्री छान्न सकेको छैन भने गण्डकीमा कांग्रेसले पुराना सहयोगीको साथ छाड्न नमान्दा एमाले सरकार बाहिरै छ । एमालेसँग गठबन्धन टुटेका कारण माओवादीका चार मन्त्रीले साउन ४ मा राजीनामा दिएपछि कोशी प्रदेशमा मन्त्रिपरिषद् अपूर्ण छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)