मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारी बोक्दै १४ हिमाल आरोहण

ekantipur.com · Sun Aug 04 23:36:20 UTC 2024

दोलखा — बाल्यकालमा चौंरी गोठालो भएर बिताएका क्षण ताम्टिङ शेर्पाको मनमा अझै ताजै छ । ती पल चाहेर पनि भुल्न नसक्ने उनी बताउँछन् । उनै शेर्पाले सपनाको उडान भरेजसरी ३० वर्ष भारी बोक्दाबोक्दै संसारका ८ हजार मिटरमाथिका सबै १४ हिमाल आरोहणको कीर्तिमान पनि बनाएका छन् ।

दोलखाको रोल्वालिङ उपत्यका अन्तर्गतको अति दुर्गम बेदिङमा जन्मेहुर्केका उनले अभाव र गरिबी झेल्दै झन्डै डेढ दशक चौंरी गोठालो भएरै बिताए । १६ वर्षको उमेरदेखि बेदिङ हुँदै अत्यन्तै कठिन टासिलाप्चा पास काटेर सोलुखुम्बुको थामेसम्म पदयात्रामा आएका पर्यटकको भारी बोके । उमेरले ५० वसन्त टेक्नै लागेकाले अब भने आरोहणबाट विश्राम लिने मनस्थितिमा पुगेको उनले सुनाए । चौंरी गोठाला हुँदै संसारभरका अग्ला हिमाल चढ्न उनले निकै कष्ट र संघर्ष गर्नुपरेको छ । उनको परिवारका सबै दाजुभाइ हिमाल आरोही हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)