'ईभीको भन्सार छलीबारे अर्थमन्त्रीले समितिमा झुट बोल्नुभयो, संसदीय छानबिन हुनुपर्छ'
lokaantar.com

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भन्सारमा इभीको करछलीबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय समितिमा झुट बोलेको आरोप लगाएका छन् ।
इभीको करछलीबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने उनले बताए ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा राप्रपा नेता शाहीले महालेखापरीक्षकको प्रतिवेदन देखाउँदै संसदीय छानबिन समितिको माग गरेका हुन् ।
‘संसदीय छानबिन समिति चाहिन्छ भनेर हामीले रहरका लागि भनेका होइनौँ । विद्युतीय गाडीमा मोटरको क्षमता हेरफेर गरेर यसअघिको सरकारले २ अर्ब ५० करोड छुट दिएको भनेर महालेखा परीक्षकले छानबिन गर भनेको छ,’ शाहीले भने, ‘यसपटक पनि गाडी आउँछ, २१ गते गाडी पास हुन्छ, १४ गते नै भन्सार कसरी सम्भव हुन्छ ?’
अर्थमन्त्री स्वर्णिम वाग्लेले बुधबार संसदीय समितिमा दिएको अभिव्यक्तिप्रति शाहीले विरोध जनाउँदै अर्थमन्त्रीले झुट बोलेको बताए ।
अर्थमन्त्री वाग्लेले बुधबार अर्थ समितिको बैठकमा बजेटअघि आएका ईभी गाडीका कारण व्यापारीलाई घाटा र सरकारलाई फाइदा भएको दाबी गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
प्रतिनिधि सभा
स्वर्णिम वाग्ले