मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अस्पतालका उडुस, उपियाँ मार्न टेन्डर

annapurnapost.com · Sun Aug 15 06:39:00 GMT 2021

काठमाडौं : मुसा, उडुस, उपियाँ, साङ्ला मार्न त्रिवि शिक्षण अस्पतालले टेन्डर आह्वान गरेको छ। जब कि यो अस्पताल स्वास्थ्य सेवामा उत्कृष्टताको नमुना (सेन्टर अफ एक्सिलेन्स)को बाटोमा अग्रसर छ। तर, विभिन्न विभाग/शाखा/वार्ड/ओपीडी, युनिटलगायत स्थानमा मुसालगायत नियन्त्रण गर्नुपर्ने शुक्रबार प्रकाशित सूचनामा उल्लेख छ।

अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक एवं वरिष्ठ छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासले मेसिनका औजार, तारहरू काटेर मुसाले दुःख दिने गरेको बताए। ‘बिरामीको उपचार गरिने वार्डमै गएर मुसा छिर्‍यो भने त गाह्रो हुन्छ। मनिटरलगायत मेसिनका तारहरू काट्ने गर्छ’, डा. दासले भने। यसरी कीरा मार्ने काम हरेक वर्ष हुने गरेको डा. दासले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)