मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पालो अब चेस एकेडेमीको

ekantipur.com · Thu Mar 14 01:01:33 GMT 2024

काठमाडौँ — मोनालिसा खम्बूले जति चेस खेलिन्, कसरी खेलिन् त ? मुढेबलले । अथवा भनौं, आफूले जति जानेकी थिइन्, त्यति मात्रै खेलिन् । चीनकी विश्व नम्बर एक खेलाडी यिफान होउ पनि उनकै समकालीन हुन् । आफ्नै आँखा अगाडि होउले चेसमा गरेको प्रगति देखेर मोनालिसा दंग परिन् । उनको आफ्नै खेल भने जहाँको त्यहीं थियो । कारण ? मोनासिलाकै शब्दमा यस पछाडि एउटै कारण छ, अध्ययन र अभ्यास । फेरि दोहोर्‍याइन् अध्ययन र अभ्यास ।

यो सबै कुरा किनभन्दा चेस खेलाडीका रूपमा डब्लूसीएम मोनालिसाले एउटा राम्रो काम गरेकी छन् । यी सबै तथ्य बुझेर उनले हिमालयन चेस एकेडेमीको स्थापना गरेकी छन् । थापाथली हाइटको उपहार कोलोनीमा आज बिहीबारदेखि एकेडेमी सञ्चालनमा आउँदै छ । त्यसै पनि मोनालिसाका लागि चेस लगाव भइहाल्यो । उनी चाहन्छिन्, एकेडेमी स्थापनाले नेपाली चेसमा गम्भीर भएर अध्ययन गर्ने परम्पराको जग बस्नेछ । जति खेल्न सकिन्छ, त्यसमा सुधार गर्ने उपाय बन्ने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)