मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

पूर्वी राप्ती नदीमा बाढी, चितवनको सौराहामा जोखिम

ekagaj.com · Thu Jul 01 23:59:51 GMT 2021

काठमाडौँ : रातभरीको वर्षाले मकवानपुरको पूर्वी राप्ती नदीमा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाले नेपाल बाढी सूचना ह्यान्डलमार्फत ट्वीट गर्दै पूर्वी राप्ती नदीमा बाढी आउँदा चितवनको सौराहा आसपासको क्षेत्रमा डुबानको जोखिम बढेको जनाएको हो ।

मध्यराती १ बजे ट्वीट गर्दै बाढी सूचनाले मकवानपुरको पूर्वी राप्ती नदी रजैया बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पुगेकोले सौराहामा डुबान पर्ने जनाएको हो । बाढीका कारण नदी तटीय क्षेत्र र चितवनको सौराहा आसपासमा सतर्कता अपनाउन पनि बाढी सूचनाले आग्रह गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)