पश्चिम एसियामा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह
ratopati.com · Thu Jun 11 06:17:32 GMT 2026

काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बारम्बारको आक्रमणले युद्धविरामलाई खतरामा पारेको भन्दै पश्चिम एसिया क्षेत्रमा स्थायी शान्ति कायम गर्नका लागि कूटनीति उपाय अपनाउन सम्बन्धित पक्षलाई आह्वान गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा महासचिव गुटेरेसले मध्यपूर्व लामो युद्धका कारण गहिरो सङ्कटमा तानिएको उल्लेख गर्दै यसको प्रभाव उक्त क्षेत्र भन्दा बाहिरसम्म पनि पुगेकोसमेत जनाएका छन् । पछिल्लो समयमा बढेको आक्रमणले र अवस्था थप बिग्रन लागेको उनले बताएका छन्, जहाँ युद्धविरामको समयमा पनि गोलावारी जारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)