हात्ती प्रभावित बस्तीमा पूर्वसूचना प्रणाली विस्तार
gorkhapatraonline.com · Thu Jun 11 06:16:31 GMT 2026

सुनसरीको वराहक्षेत्र नगरपालिकाका हात्ती प्रभावित क्षेत्रमा मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले साइरन जडान गरिएको छ । उज्यालो नेपाल संस्थाको सहकार्यमा नगरपालिकाका वडा नं. २, ३ र ७ का प्रभावित बस्तीमा साइरन जडान गरिएको हो ।
पूर्वी नेपालमा झापाको क्षेत्र हुँदै प्रवेश गर्ने जङ्गली हात्तीले वराहक्षेत्रस्थित वन तथा आरक्ष आसपासका बस्तीमा लामो समयदेखि समस्या सिर्जना गर्दै आएको छ । मानव–हात्ती द्वन्द्व बढ्दै जाँदा स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य हुने गरेको वराहक्षेत्र–२ का स्थानीय मदन कार्कीले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)