सेयर बजारमा कारोबार सुक्खा, दुई वर्षयताकै न्यून कारोबार
kalakarmi.com · Mon May 18 10:45:53 GMT 2026

काठमाडौं- नेपाली सेयर बजारमा कारोबार रकम लगातार खुम्चिँदै गएको देखिएको छ । सोमवार नेप्सेमा जम्मा २ अर्ब ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन पछिल्लो दुई वर्षयताकै न्यून कारोबार रकम हो । यसअघि २०८१ वैशाख २४ मा यति कम कारोबार भएको थियो ।
यद्यपि फागुन २५ गते ५५ करोड रुपैयाँ मात्र कारोबार भएको रेकर्ड भए पनि त्यो दिन सर्किट ब्रेकरका कारण बजार पूरा समय सञ्चालन हुन सकेको थिएन। सामान्य चार घण्टे कारोबार अवधिमा भने सोमवारको कारोबार सबैभन्दा कमजोर मानिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)