नेपाल हस्तकला मेला तथा सांस्कृतिक प्रदर्शनी हुँदै
barnanmedia.com · Mon May 18 10:39:46 GMT 2026

काठमाडौँको बालुवाटारमा यही जेठ ८ गतेदेखि नेपाल हस्तकला मेला तथा सांस्कृतिक प्रदर्शनी आयोजना हुने भएको छ । नेपाल हस्तकला महासङ्घले विभिन्न प्रदेश तथा जिल्लास्तरमा उत्पादित हस्तकला वस्तुको प्रदर्शनी एवं प्रचारप्रसार गरी स्थानीय हस्तकला उद्यमीलाई बजार पहुँचमा सहयोग पुर्याउनाका साथै हस्तकला उत्पादनको व्यावसायिक विकासमा टेवा पुर्याउने उद्देश्यले यही जेठ ८ देखि १० गतेसम्म उक्त प्रदर्शनी गर्न लागेको हो ।
हस्तकला क्षेत्रले लाखौँको सङ्ख्यामा स्वरोजगारको अवसर सिर्जना गरिरहेको छ । भारत चीनलगायत तेस्रो विश्वका देशहरुमा वार्षिक २८ अर्ब बराबरका विभिन्न हस्तकलाका वस्तु निर्यात भइरहेका छन् । हस्तकलालाई कृषिजन्य उद्योगपछि देशभरि विस्तार गर्न सकिने ठूलो सम्भावना रहेको जानकारहरू बताउँछन् । यसले देशको कला, संस्कृति र सम्पदाको प्रतिनिधित्व गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)