मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राष्ट्रिय पुरुष हक्कीमा आर्मी च्याम्पियन

onlinekhabar.com · Wed May 07 18:54:04 GMT 2025

२४ बैशाख, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई हराउँदै राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि उचालेको हो ।

ललितपुरस्थित च्यासल फुटबल मैदानमा बुधबार सम्पन्न फाइनलमा आर्मीले गण्डकीलाई २–० ले हराउँदै उपाधि उचालेको हो । आर्मीको जितमा राजेन्द्र कार्की र अम्बरबहादुर गुरुङले गोल गरे । दुवै हाफमा समान एक गोल भयो । खेलको २२औं मिनेटमा राजेन्द्रले गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको ४३औं मिनेटमा अम्बरबहादुरले गोल गर्दै अग्रता दोब्बर बनाए । राजेन्द्र प्लेयर अफ द म्याच भए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)