मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

तलब सुविधा दिन ८ नेपाली खोज्दै साउदी कम्पनी

rajdhanidaily.com · Thu Jan 18 23:07:50 GMT 2024

काठमाडौं । साउदी कन्स्ट्रक्सन डेभलपमेन्ट कम्पनी (एससीडीओ)ले कोरोनाको समयमा बिदामा घर फर्किएर पुनः साउदी फर्किन नपाएका ८ नेपाली कामदारले पाउने तलब सुविधा उपलब्ध गाराउने भएको छ । कोरोनाका बेला छुट्टी गएको र महामारीका कारणले फर्किन नसकेका र कम्पनीले दिनुपर्ने तलब सुविधा दिन उनीहरूलाई सम्पर्क गर्दा नभेटेपछि कम्पनीले दूतावासलाई पत्र पठाएको थियो ।

रियादस्थित नेपाली दूतावासले बिहीबार एक सूचना जारी गर्दै कम्पनीले उनीहरूलाई तलब सुविधा दिन सम्पर्क गर्ने प्रयास गरेको तर नसकेको जानकारी गराउँदै नेपाली कामदारहरूसँग सम्पर्क गराई कम्पनीले प्रदान गर्ने तलब सुविधा भुक्तानीमा सहजीकरण गरिदिन अनुरोधसहितको पत्र दूतावासलाई प्राप्त भएको दूतावासले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)