मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शिलान्यासको प्रोपगान्डा : ५८ अर्ब बजेटमा ३९६ अस्पताल बनाउने घोषणा, शिलान्यासमा खनिएका खाल्डामा हिलो र फोहोर

nayapatrikadaily.com · Mon May 10 22:13:00 GMT 2021

सरकारका लागि विश्वासको मत माग्दै प्रधानमन्त्री केपी ओलीले सोमबार संसद्मा पनि आफ्नो कार्यकालमा भएका शिलान्यास र उद्घाटनको फेहरिस्त प्रस्तुत गरे । तर, कागज र वास्तविकताबीच कति ठूलो अन्तर छ भन्ने प्रस्ट पार्न यी खाल्डाका तस्बिर पर्याप्त छन् । सानोतिनो होइन, ५८ अर्ब बजेट खर्च हुने भन्दै सरकारले गत १५ मंसिरमा एकै दिन सातै प्रदेशमा तीन सय नौ आधारभूत अस्पताल शिलान्यास गरेको थियो । तर, स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याउन भनेर शिलान्यासका लागि खनिएका खाल्डामा कति पानी भरिएको छ कतै फोहोर । यति ठूलो बजेटको महत्वांकाक्षी परियोजना पनि ‘प्रोपगाण्डा’ मै सीमित भएको छ ।

सात सय ५३ स्थानीय तहमध्ये ६ सय ४९ स्थानीय तहमा अहिले पनि अस्पताल छैनन् । तीमध्ये पहिलो चरणमा तीन सय ९६ स्थानीय तहमा अस्पतालको भवन बनाउने योजना रहेको थियो । तर, अन्तिम दिन तीन सय ९ अस्पताल शिलान्यास गरिको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)