आज देशभर मनसुनी वायुको सामान्य प्रभाव रहने, बागमती प्रदेशमा भारी वर्षाको सम्भावना - देखापढी
dekhapadhi.com · Sat Jul 24 01:01:00 GMT 2021
काठमाडौं। आज देशभर मनसुनी वायुको प्रभाव सामान्य रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ। “दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)