भारतबाट फर्केका २४ जनामा कोरोना
annapurnapost.com · Fri Mar 26 05:49:00 GMT 2021
काठमाडौं : भारतका विभिन्न सहरबाट स्वदेश फर्किएका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले बिहीबार साँझसम्म ती व्यक्तिमा संक्रमण पुष्टि भएको बताए।
‘एन्टिजेन परीक्षण गर्दा २४ जनामा कोरोना पोजिटिभ देखिएको छ’, निर्देशक डा. पौडेलले भने। उनीहरूमा देखिएको भाइरसको प्रकारबारे अध्ययन गरिने डा. पौडेलले बताए। ‘संक्रमितको नमुना संकलन गर्छौं। नमुनाको र्यान्डमलाई जिन सिक्वेन्सिङ पनि गर्छौं। भारतमा देखिएको डबल म्युटेन्ट (दोहोरो उत्परिवर्तन ) भएको भाइरस हो/होइन परीक्षणबाट पत्ता लाग्छ’, उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)