पर्व सामग्री बनाउन चटारो
baahrakhari.com · Tue Nov 09 01:15:00 GMT 2021
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका १६ कपिलेश्वरका बिपती मल्लिकको परिवार यतिखेर निकै व्यस्त छ । बिहानदेखि अबेर रातिसम्म फुर्सद हुँदैन । पर्वको सामग्री बनाउन अहिले उनको परिवारलाई भ्याईनभ्याई छ । “अर्डरको समान बनाउनु छ । अहिले हाम्रो सिजन चलिरहेको छ । एक मिनेटको फुर्सद छैन्,” बिपतीका २५ वर्षीय छोरा अरुण मल्लिकले भने, “घरको बच्चालाईसमेत र्फुसद छैन । सबै जना मिलेर छठको सामग्री बनाउँदै छौं ।”
बिपतीको २२ वर्षीया बुहारी रेखा मल्लिक, १२ वर्षीय छोरी संजित मल्लि, छोरा अरुण मल्लिक र उनको श्रीमती खुश्बु मल्लिक पनि धमाधम बाँसको चोयाबाट सामग्री बनाउदै थिए । छठ पर्वमा पूजाको सामग्री राख्न प्रयोग गरिने यस्ता सामानको माग अहिले धेरै छ । छठ पर्वमा पूजा सामग्री राख्न बाँसको चोया र कप्टेराले बनेका, सुक्ली, नयाँ डाली, छिटी (ढकी), सानाठूला नाङ्लो/चाल्नो सहितका सामग्री बनाउन उनको परिवारलाई मात्रै होइन पूरा मल्लिक समुदायलाई नै चटारो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)