आज लोकतन्त्र दिवस, विविध कार्यक्रम गरी मनाइँदै
nepallive.com · Sun Apr 24 00:19:00 GMT 2022
काठमाडौं– आज १६औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ। १९ दिनसम्म चलेको जनआन्दोलनबाट २०६३ साल बैसाख ११ गते संसद् पुनर्स्थापना भएको दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाइने गरिएको छ।
नेपालमा १० वर्षसम्म सशस्त्र सङ्घर्षरत तत्कालीन नेकपा (माओवादी)लाई शान्तिपूर्ण मार्गमा ल्याउने तथा राजतन्त्र अन्त्य गरी जनतामा केन्द्रित शासनव्यवस्था ल्याउने आधारका रूपमा रहेको उक्त आन्दोलन नेपालको राजनीति यात्रामा महत्त्वपूर्ण मानिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)