मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भूउपयोग नीतिको त्रास : आवास क्षेत्र बनाउन बिर्तामोडमा २०० बिघा चियाबगान फँडानी

nayapatrikadaily.com · Thu Feb 09 00:33:00 GMT 2023

बाली लगाएको हिसाबले उत्पादनको उत्कर्षमा पुगेको २३ वर्षे चियाबगान फँडानी गरेर बिर्तामोड– ७ का चतुरराज प्रसाईंले जमिन खाली बनाएका छन् । सरकारले ल्याएको भूउपयोग नीतिका कारण सपना बुनेर लगाएको चिया फाँड्नुपरेको उनको गुनासो छ । ‘२०५६ मा चिया लगाएको थिएँ । चियाको उमेर सय वर्षको हुन्छ । २०–३० वर्षमा त धेरै उत्पादन दिने उमेर हो । तर, बाध्य भएर मास्नुपर्ने अवस्था आयोे,’ उनले भने, ‘मंसिर २३ गतेसम्म सिफारिस गरेर पठाउनुपर्छ भनेर स्थानीय तहले भन्यो ।

ड्रोनले फोटो लिएको रहेछ हरियाली भएकोमा कृषि क्षेत्र र नभएकोमा आवास क्षेत्र भनेर छुट्याइएको रहेछ । मेयर, प्रमुख प्रशासकीय अधिकृत पनि आउनुभएको थियो । हामीले सोध्दा कित्ताकाट हुँदैन, बिक्री निरुत्साहित गरिन्छ भन्नुभयो । त्यसकारण फाड्यौँ ।’ भूवर्गीकरणपछि कृषिलाई प्राथमिकतामा राख्न स्थानीय तहका कार्यक्रम के छन् भनेर प्रश्न गर्दा जवाफ नपाएपछि आवास क्षेत्रमा राख्न बगान फँडानी गरिएको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)