मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

त्रिभुवन पार्कको जग्गा हिनामिना प्रकरण : ५० रोपनीको लिज सम्झौता रद्द गर्न सिफारिस, छानबिन प्रतिवेदनसहित अख्तियारमा पत्राचार

nayapatrikadaily.com · Fri Aug 19 00:27:00 GMT 2022

बागमती प्रदेश सरकारद्वारा गठित छानबिन समितिले थानकोटस्थित त्रिभुवन पार्कको ५० रोपनी जग्गाको लिज सम्झौता रद्द गर्नुपर्ने निष्कर्ष निकालेको छ । गैरकानुनी रूपमा निजी कम्पनीलाई जग्गा दिइएको समितिको ठहर छ ।

पार्कको स्वामित्व प्रदेशमातहत ल्याउनुपर्ने तथा विकास समिति गठन गरी यसको संरक्षणको व्यवस्था गर्न समितिले सुझाव दिएको छ । समितिको प्रतिवेदन आएसँगै जग्गाबारे रायसहित प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्राचार गरेको छ । ‘अब प्रतिष्ठानले लिजमा दिएको जग्गाको सम्झौता रद्द गरेर पार्कको जग्गा र जायजेथा मन्त्रालयको स्वामित्वमा ल्याउने प्रक्रिया अघि बढ्छ,’ पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)