मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एकैदिन १ सय ७९ जनामा कोरोना संक्रमण

rajdhanidaily.com · Fri Apr 02 23:22:22 GMT 2021

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । देशभर शुक्रबार १ सय ७९ जना संक्रमित थपिएका छन् । केही दिनयता संक्रमित हुनेको संख्या बढ्दो क्रममा छ । यस्तो अवस्थामा सुरक्षा मापदण्ड पालनामा विशेष ध्यान दिनुपर्ने सुझाव चिकित्सकले दिएका छन् ।

हालसम्म २ लाख ७७ हजार ६ सय ४० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ४७ जना रहेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ६५ जनाको पीसीआर परीक्षण भएको छ । योसँगै देशभर पीसीआर परीक्षण हुनेको संख्या २२ लाख ७९ हजार १ सय ५ पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)