मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाले भारतीय जहाजमाथि आक्रमण गरेपछि हाेर्मुज नाका पूर्णरुपमा बन्द गरिएको इरानको दाबी

nepalbahas.com · Thu Jun 11 05:14:34 GMT 2026

अमेरिकाले भारतीय जहाजमाथि आक्रमण गरेपछि हाेर्मुज नाका पूर्णरुपमा बन्द गरिएको इरानको दाबी

२८ जेठ, काठमाडौं । ओमानको तट नजिकै बुधबार एउटा व्यापारिक जहाजमाथि भएको अमेरिकी आक्रमणको भारत सरकारले कडा निन्दा गरेको छ । उक्त आक्रमणपछि चालक दलका तीन भारतीय सदस्य बेपत्ता भएका छन् ।

भारतले नयाँ दिल्लीस्थित अमेरिकी दूतावासमार्फत औपचारिक विरोध दर्ता गराएको टाइम्स अफ इन्डियाले जनाएको छ । ओमानको खाडी पार गरिरहेको पलाउको झण्डा बोकेको ‘सेटेबेलो’ नामको जहाजमाथि सटिक प्रहार गर्न सक्ने हतियार प्रयोग गरी आक्रमण गरिएको थियो । जहाजमा २४ जना भारतीय नाविक सवार रहेकामा २१ जनाको उद्धार गरिएको छ ।

भारतीय परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव नागराज नायडुले अमेरिकी कार्यवाहक राजदूत जेसन मिक्सलाई बोलाएर औपचारिक कूटनीतिक विरोधपत्र बुझाएको बताए । हालैका दिनमा भारतीय चालक दलका सदस्यहरू सवार जहाजमाथि अमेरिकी सेनाले गरेको यो दोस्रो आक्रमण हो ।

यता, इरानले आज स्ट्रेट अफ हाेर्मुज पूर्णरूपमा बन्द गरेको घोषणा गरेको छ । अमेरिकी हमलाको जवाफमा यो कदम चालिएको इरानी अधिकारीहरूले बताएका छन् । तेहरानले कुनै पनि जहाजले यो जलमार्ग पार गर्न खोजेमा लक्षित गरिने चेतावनी दिएको छ । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्रस (आइआरजीसी) र संयुक्त सैन्य कमान्डले जारी गरेको वक्तव्यमा भनिएको यस्तो चेतावनी दिइएको हो । वक्तव्यमा अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी जारी राखेकाले र हालैका हमलाका कारण स्ट्रेट अफ हाेर्मुजलाई पूर्ण नियन्त्रणमा लिइएको जनाइएको छ ।

यो जलमार्ग फारसको खाडीबाट विश्व बजारमा तेल र ग्यास निर्यात गर्ने मुख्य मार्ग हो । यो साँघुरो जलमार्गबाट विश्वको करिब २० प्रतिशत कच्चा तेल र ठूलो मात्रामा तरल प्राकृतिक ग्यास निर्यात हुन्छ । साउदी अरब, इराक, कुवेत, यूएई र कतार जस्ता प्रमुख तेल उत्पादक देशहरूको निर्यात यसै मार्गमा निर्भर छ ।

सेटेबेलो’ अमेरिकी वैदेशिक सम्पत्ति नियन्त्रण कार्यालयको कालोसूचीमा परेको जहाज थिएन । करिब २५ मिनेटसम्म चलेको बैठकमा भारतीय पक्षले यही विषयलाई विशेष रूपमा उठाएको थियो । भारतले यसअघिको घटनाप्रति भने सार्वजनिक विरोध जनाएको थिएन ।

भारतीय अधिकारीहरूले नाविकहरूको सुरक्षालाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिँदै व्यापारिक जहाजहरूलाई निशाना बनाउने कार्य तत्काल बन्द गर्न माग गरेका छन् । यसअघि गत अप्रिलमा इरानले होर्मुज जलमार्ग हुँदै गइरहेका भारतीय ट्यांकरहरूलाई निशाना बनाएपछि भारतले इरानी राजदूत मोहम्मद फथालीलाई बोलाएर विरोध जनाएको थियो ।

बुधबारको पछिल्लो घटनापछि भारतीय परराष्ट्र मन्त्रालयले क्षेत्रीय जलमार्गमा भइरहेका लगातारका आक्रमणलाई गम्भीर चिन्ताको विषय भएको बताएको छ । मन्त्रालयले व्यापारिक जहाज तथा नागरिक पूर्वाधारमाथि हुने आक्रमण तत्काल बन्द हुनुपर्ने र अन्तर्राष्ट्रिय कानुनअनुसार अन्तर्राष्ट्रिय जलमार्गमा स्वतन्त्र तथा अवरोधरहित नौवहन र व्यापार पुनःस्थापित गरिनुपर्नेमा जोड दिएको छ ।

स्ट्रेट अफ हर्मुज

Shares

नेपालबहस संवाददाता

नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार

लेखकबाट थप

सम्बन्धित पोस्ट

अमेरिकी कच्चा तेलको मूल्य ९० डलर नाघेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरी उकालो लाग्यो

जेठ २८, २०८३ बिहिबार

अमेरिका–इरान तनाव फेरि चर्कियो, क्षेत्रीय सुरक्षा संकटमा

जेठ २७, २०८३ बुधबार

प्रदर्शनकारीद्वारा मेक्सिको विश्व कप स्टेडियम जाने बाटो अवरुद्ध

जेठ २७, २०८३ बुधबार

नेपालबहस ट्रेन्डिङ

लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषयमा ‘पुरानो भारी नबोक्ने’ परराष्ट्रमन्त्रीको भनाइ पनि विवादमा

नेपालबहस संवाददाता

जेठ २५, २०८३ सोमबार

वीरगञ्जका मेयर सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, मेयर पद निलम्बित

नेपालबहस संवाददाता

जेठ २५, २०८३ सोमबार

बालेन शाहको टेबुलमा एनडीयूको फाइल, शिक्षा मन्त्रालयसँग सेनाको रस्साकस्सी

नेपालबहस संवाददाता

जेठ २६, २०८३ मंगलबार

प्लान्ट क्वारन्टाइनका हाकिमको वाईसीएल मोह ! केरा आयात बन्द, अवैध कारोबार खुला !

नेपालबहस संवाददाता

जेठ २५, २०८३ सोमबार

Tweets by nepalbahas

लोकप्रिय

पर्सा ट्राफिक प्रहरीमाथि अवैध असुलीको आरोप, पोष्टैपिच्छे किस्ता रकम इन्स्पेक्टरदेखि एसपीसम्म पुग्ने दाबी

जेठ २७, २०८३ बुधबार

प्रधानमन्त्रीलाई गल्तीमाथि गल्ती नगर्न कांग्रेसको चेतावनी, लामिछानेको भारत भ्रमण अर्थहीन भएको तर्क

जेठ २७, २०८३ बुधबार

सभामुख अर्यालले गठन गरे नयाँ नियमावलीअनुसार कार्यव्यवस्था परामर्श समिति

जेठ २७, २०८३ बुधबार

छुटाउनुभयो कि?

भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा झुटो बोलेको ज्ञानेन्द्र शाहीको आरोप

जेठ २८, २०८३ बिहिबार

स्याङ्जालाई साढे चार अर्ब बढी अनुदान

जेठ २८, २०८३ बिहिबार

कागजमा अधिकार र व्यवहारमा विभेद कायम रहनु राज्यको कमजोरी हो: सांसद घतानी

जेठ २८, २०८३ बिहिबार

तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण

जेठ २८, २०८३ बिहिबार

सार्वजनिक लेखा समितिमा विपक्षी सांसदको माग, बीवाईडी गाडी प्रकरणमा छानबिन समिति बनाइयोस्

जेठ २८, २०८३ बिहिबार

पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

जेठ २८, २०८३ बिहिबार

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)